अन्तर्राष्ट्रिय

ट्रम्पले कोरोना नियन्त्रणमा असफल भएको भन्दै डब्लुएचओसंग तोडे सबै सम्बन्ध

१७ जेठ काठमाडौं । चिनलाई मात्रै सपोर्ट गरेको भन्ने आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले अन्ततः डब्लुएचओसंग संम्बन्ध तोड्ने घोषणा गरेका छन् । ट्रम्पले अमेरिकालाई डब्लुएचओबाट अलग गर्ने घोषणा गरेका छन् । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपती ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

कोरोना नियन्त्रणमा डब्लुएचओ असफल भएको भन्दै आफ्ना सबै सम्बन्ध तोड्ने बताएका छन् । सबै उनले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग यसअघि नै बन्द गर्ने घोषणा गरिसकेका थिए । डब्ल्यूएचओलाई आर्थिक सहयोग गर्नेमा अमेरिका सबैभन्दा ठूलो दाता हो ।

अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको थियो । साथै चिनको उहानबाट फैलिएको कोरोना भाईरसले पुरै विश्वलाई नै सखाप पार्नुमा डब्लुएचओनै जिम्मेवार भएको आरोप लगाएका छन् । साथै उनले शुक्रबारको बैठकमा पनि डब्लुएचओले चिनको पक्षपोषण गरेको आरोप लगमउन भ्याएका थिए ।

अमेरिकाले डब्ल्यूएचओमा केके सुधार गर्ने भनेर विस्तृत रुपमा भनेको तर डब्ल्यूएचओले नमानेको आरोप ट्रम्पले लगाए । चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको र डब्ल्यूएचओले पनि ढाकछोप गरेको आरोप ट्रम्पको छ । कोरोनाका कारण १ लाख वढी नागरिकले ज्यान गुमाएपछि अमेरिकी राष्ट्रपती ट्रम्प डब्लुएचओप्रति आक्रोशित हुँदै आएका छन् ।