शिक्षा

शिक्षा र स्वास्थ्यमा बजेट कम भयो, पर्याप्त नछुट्याए रुपान्तरण असम्भवः संयोजक मिश्र

१६ जेठ, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शिक्षा र स्वास्थ्यमा सरकारले बजेट बढाएपनि बजेटको छरपस्टता रोकेर यी दुई क्षेत्र राज्यको मूल दायित्व बनाउंदै आमूल कदम नचालेसम्म देशको रुपान्तरण असंभव रहेको बताएका छन् ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा ११ र ८ प्रतिशत पर्याप्त लगानी नभएको प्रतिकृया दिँदै समतामूलक शिक्षारस्वास्थ्य ‘समाजवादी’ दर्शनको मुटु हो भन्दा फरक नपर्ने बताएका छन् ।

संयोजक मिश्र भन्छन्ः शिक्षामा बजेट करिब १ प्रतिशत बढेर ११ प्रतिशत, स्वास्थ्यमा ३ प्रतिशत बढेर ८ प्रतिशत समतामूलक शिक्षारस्वास्थ्य ‘समाजवादी’ दर्शनको मुटु हो भन्दा फरक पर्दैन। ११ र ८ प्रतिशत भनेको पर्याप्त लगानी हुँदै होइन। बजेटको छरपस्टता रोकेर यी दुई क्षेत्र राज्यको मूल दायित्व बनाउंदै आमूल कदम नचालेसम्म देशको रुपान्तरण असंभव हुनेछ।