अन्तर्राष्ट्रिय

कोरोनाले मृत्यु हुनेको संख्यामा भारतले चिनलाई उछिन्यो

१६ जेठ काठमाडौं । कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्यामा भारतले चिनलाई उछिन्यको छ । आजसम्मको तथ्यांक अनुसार चिनमा भन्दा धेरै भारतमा मृत्युको संख्या छ ।

चिनमा ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ भने भारतमा ४ हजार ७ सय ११ जनाको मृत्यु भएको छ । दुई देशबिच मृत्युको संख्या सय बढीको अन्तरले रहेको छ ।

यस्तै संक्रमीतको संख्यामा पनि चिनभन्दा भारत नै अगाडी छ । भारतमा संक्रमीतको संख्या १ लाख ६५ हजार ७ सय ९९ छ भने चिनमा ८२ हजार ९सय ९५ जना संक्रमीत भएका छन् । भारतमा ७१ हजार १ सय ६ ले कोृरोना जितेका छन् भने चिनमा ७८ हजार २ सय ९१ जनाले जितेका छन् ।