समाचार

कपिलवस्तुमा आजसम्म १५ जनाले जिते कोरोना

१६ जेठ काठमाडौं । कपिलवस्तुमा थप ४ जनाले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज थप ४ जना व्यक्ति संक्रमणमुक्त भएका हुन् ।

यो संगै प्रदेश नम्बर पाँचको कपिलवस्तुमा १५ जना निको भएका छन् । संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका तीन र शिवराज नगरपालिकाका एकजना रहेका छन्। उनीहरुको कोरोना विषेश अस्पताल दाङमा उपचार भएको थियो। यससँगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ।

यसअघि कोरोना विषेश अस्पताल धागो कारखानावाट १० जना र तौलिहवा जिल्ला अस्पतालबाट एक जना स्वास्थ्यकर्मी निको भई घर फर्किएका थिए। कपिलवस्तुमा कोरोना संक्रमण हुनेको संख्या १३६ पुगेको छ। जिल्लाका सबै स्थानीय तहमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।