राजनीति

अन्तशुल्क/भन्सार बढाउने बजेट सरकारकै घोषीत नीति बिरुद्धः अध्यक्ष थापा

१६ जेठ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अन्तशुल्क र भन्सार बढाउने बजेट सरकारकै घोषीत नीति बिरुद्ध भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत अध्यक्ष थापाले विद्युतिय गाडिमा अन्तशुल्क, भन्सार बढाउने बजेटको घोषणा प्रधानमन्त्री केपीशर्मा ओली र सरकार कै घोषित नीति बिरुद्ध रहेको बताएका हुन् ।

उनले वातावरण सन्तुलन राख्ने र पेट्रोलियम पदार्थमा परनिर्भरता घटाउने नीति विपरित रहेको पनि बताएका छन् । बिहिबार बजेट प्रस्तुतका क्रममा अर्थमन्त्री युवराज खतिवडाले विद्युतिय गाडिमा अन्तशुल्क, भन्सार बढाउने बजेटको घोषणा गरेको विषयमा अध्यक्ष थापाले उक्त टिप्पणी गरेका हुन् ।

साथै उनले गैरविद्युतिय गाडी आयातकर्ताको सिण्डिकेटको प्रभावमा गरिएको यो राष्ट्रहित बिरोधी निर्णय सच्याउनु पर्नेमा जोड दिएका छन् ।

 

उनको ट्वीटः विद्युतिय गाडिमा अन्तशुल्क,भन्सार बढाउने बजेटको घोषणा प्रम @kpsharmaoli सरकार कै घोषित नीति बिरुद्ध छ । वातावरण सन्तुलन राख्ने र पेट्रोलियम पदार्थमा परनिर्भरता घटाउने नीति विपरित छ । गैरविद्युतिय गाडी आयातकर्ताको सिण्डिकेटको प्रभावमा गरिएको यो राष्ट्रहित बिरोधी निर्णय सच्याउनु पर्छ ।