अन्तर्राष्ट्रिय

चिनले विश्वलाई कोरोना भाईरस उपहार दिएर बर्बाद गर्योः ट्रम्प

१६ जेठ काठमाडौं । पटक–पटक बिभिन्न आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले चीनलाई फेरी अर्काे आरोप लगाएका छन् । उनले चिनले विश्वलाई खराब उपहार कोरोना दिएको टिप्पणी गरेका छन् ।

चिनको उहानबाट फैलिएको कोरोना माहामारीले विश्वनै सखाप पार्न लाग्दा राष्ट्रपती ट्रम्पले कडा चिनको आलोचना गरेका छन् । ट्वीट मार्फत ट्रम्पले यस्तो आरोप लागएका छन् ।

चिनबाट फैलिएको कोरोनाले अमेरिकामा १ लाख वढीको मृत्यु भएपछि आक्रोसित हुँदै ट्रम्पले यस्तो ट्वीट गरेका हुन् । कोरोनाले अहिले अमेरिका लगाएत विश्वकै खराब अवस्था बनाएको छ ।

उनले चिनले विश्वलाई कोरोना भाईरस उपहार दिएर बर्बाद गरेको संकेत गरेका छन् । कोरोना भाईरस संक्रमणका कारण चिन र अमेरिकाबीचको सम्बन्ध पछिल्लो समय धमिलिएको छ ।