सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः ओलीतन्त्रलाई चिनाउने गाँठ्ठी कुरो नै भ्रष्टाचार हो

१६ जेठ काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले ओलीतन्त्रलाई चिनाउने गाँठ्ठी कुरो नै भ्रष्टाचार भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले भ्रष्टाचार नगर्ने, गर्न नदिने र गरेको नसहने ओलीतन्त्रलाई चिनाउने गाँठ्ठी कुरो नै भ्रष्टाचार भएको बताएका हुन् ।

भ्रष्टाचार गर्ने ओली सरकारका भक्त र भजनकर्मीहरू, भ्रष्टहरूको बचाउ गर्ने ओली सरकार भएको भन्दै उनले भनेका छन्ः अनि लाजै नमानी झूठको ब्यापार

उनको ट्वीटः जे सफेद झूठ हो, अर्थमन्त्रीले बजेट भाषणमा त्योचाहिँ नभन्या भए हुन्थ्यो । भ्रष्टाचार नगर्ने,गर्न नदिने र गरेको नसहने रे ! ओलीतन्त्रलाई चिनाउने गाँठ्ठी कुरो नै भ्रष्टाचार हो । भ्रष्टाचार गर्ने निजका भक्त र भजनकर्मीहरू, भ्रष्टहरूको बचाउ गर्ने ओली सर । अनि लाजै नमानी झूठको ब्यापार !