समाचार

काठमाडौं उपत्यकामा आज बिहानै देखि वर्षाः हेर्नुहोस् आज दिनभरको मौसम विवरण

१६ जेठ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसोः देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ । पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।