राजनीति

कोरोनामा असफल भन्दै राष्ट्रियताको मुद्दामा राजनीति नगर्न ओलीलाई काँग्रेसको चेतावनी

१५ जेठ, काठमाडौं । नेपाली काँग्रेसले कोरोनामा असफल सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न चेतावनी दिदै परिपक्व र जिम्मेवार पहलकदमी गर्न आग्रह गरेको छ । प्रवक्ता बिश्वप्रकाश शर्माले आज पत्रकार सम्मेलनमार्फत ४ बुंदे ध्यानाकार्षण गराउँदै सरकारको आलोचना गरेका छन् । शर्माले पत्रकार सम्मेलनमार्फत प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभाग विश्वप्रकाश शर्माले आज सरकारको बिरोध गराएका हुन् ।

(१) कोरोनाको विश्वब्यापी महामारी संग संघर्ष गरिरहंदा नेपाल देशले राष्ट्रियताको मुद्दामा पनि गम्भीरता र एकता राख्ने अनि एक्यवद्ध ढंगले समाधानको पहल र सामथ्र्य प्रस्तुत गर्नुपर्ने दायित्व क्रममा छौं हामी । प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेस यी दुवै प्रश्नमा संयम र जिम्मेवारी साथ कार्य गरिरहेको छ । तर नेपाल सरकारको भूमिका दुवै बिषयमा गम्भीर प्रश्नको घेरामा देखिनु दुःखद छ ।

(२) बितेको डेढ साताको अवधिमा सरकारको कमजोर तयारीका कारण कोरोनाको संक्रमण तीब्र विस्तार भएको छ भने अर्कातर्फ सिमा सम्बन्धि प्रश्नमा अनुचित राजनैतिक प्रोपोगन्डाको बाटोमा सत्ता पक्ष संलग्न रहनु दुःखद छ ।

(३) कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल नेपालको भू–भाग हुन् अतः कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनेर नेपाली कांग्रेसले विगत देखिनै प्रष्ट धारणा राख्दै आएको छ । ती भू–भागलाई समेटेर सरकारले सार्वजनिक गरेको नक्साका पक्षमा नेपाली कांग्रेस रहेको जानकारी सर्वदलीय बैठक मार्फत दिई सकिएको छ । यसबारे पार्टीले केन्द्रीय समितिको बैठकबाटै संस्थागत निर्णय गर्ने सार्वजनिक उद्घोष अनुरुप केन्द्रीय समितिको बैठक १७ जेठको अपरान्ह १ः०० बजेलाई बोलाइएको यस बीचमा प्रेस नोट मार्फत सार्वजनिक गरिसकिएको छ ।

(४) महत्वपूर्ण राष्ट्रिय बिषयमा साझा स्वामित्वबोध साथ नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गर्न चाहंदा त्यसले संसदको प्रक्रियालाई असर पर्नु पर्ने कुनै कारण थिएन । तर एकातर्फ नेपाली कांग्रेसले ‘समय मागेको’ झुठको अभिव्यक्ति र अर्कातर्फ कांग्रेसको अनुरोधमा संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाइएको गोयबल्स शैलिको प्रोपोगन्डा प्रति हाम्रो गम्भीर आपत्ति छ । यस्तो गतिविधिमा सामेल कम्युनिष्ट सरकारका केही मन्त्री र एक मुख्य मन्त्रीलाई नेपाली कांग्रेसको ‘सहायक प्रवक्ता’ नबन्न हामी चेतावनी दिन चाहन्छौं ।

आजको राष्ट्रिय एकताको भावनालाई दलहरूको संस्थागत निर्णय एवं आपसी एकता र विश्वासको भावनाले मजबुत तुल्याउन सकिन्छ र राष्ट्रिय एकताको बलमा नै सिमा सम्बन्धि प्रश्नको हल गर्न हाम्रो कुटनैतिक र राजनैतिक पहलकदमिलाई सबल बनाउन सकिन्छ भन्ने नेपाली कांग्रेसको प्रष्ट धारणा रहेकोे छ ।

कोरोनाबाट सिंगो मुलुक प्रताडित भएको समयमा सांसद विकास कोष खारेज गरेर कोरोना कोषमा रकम बढाउन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले वैशाख १७ मा गरेको निर्णय सार्वजनिक रुपले सरकारलाई आज पुनःस्मरण गराउन चाहेको व्रवक्ता शर्मा पत्रकार सम्मेलनमा बताएका छन् । ।