राजनीति

धनराजको आह्वानः भ्रष्टाचारीबाट जनतालाई बँचाऔं/‘लेण्डुप पथ’बाट माटो बँचाऔं

१५ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सिङ्गो नेपाली राजनीति भ्रष्टिकरणसँगै ‘लेण्डुप पथ’तर्फ घिसारिन थालेको बताएका छन् । भ्रष्टाचारीबाट जनतालाई बँचाउन आह्वान गर्दै जनता र माटो बँचाउन सक्यौं भने राष्ट्रियता बाँच्ने बताएका छन् ।

राष्ट्रियताको फूलबारीमा गणतन्त्रको फूल फूलाऔं भन्ने आग्रह गर्दै गणतन्त्र दिवशको हार्दिक शुभकामना दिएका छन् ।

सिङ्गो नेपाली राजनीति भ्रष्टिकरणसँगै ‘लेण्डुप पथ’तर्फ घिसारिन थालेको छ। भ्रष्टाचारीबाट जनतालाई बँचाऔं। ‘लेण्डुप पथ’लाई ध्वस्त पार्दै माटो बँचाऔं। जनता र माटो बँचाउन सक्यौं भने राष्ट्रियता बाँच्छ। राष्ट्रियताको फूलबारीमा गणतन्त्रको फूल फूलाऔं। ‘गणतन्त्र दिवशको हार्दिक शुभकामना!’