पु.समाचार

काँग्रेस केन्द्रीय समिति बैठक शनिबार, संविधान संशोधनमा छलफल हुने

१५ जेठ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ जेठ १७ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

उक्त बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णचन्द्र पौडेलले बताएका छन् ।

काँग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निम्ता गरेको छ।