पु.समाचार

जुन लक्ष्यले गणतन्त्र स्थापना भएको हो त्यो पुरा हुन सकेको छैनः डा कोईराला

१५ जेठ काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले नेपालमा गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । आज गणतन्त्र दिवशको शुभकामना दिने क्रममा उनले भनेका छन्, ‘जुन लक्ष्य र अभिलाषाले गणतन्त्र स्थापना भएको हो त्यो पुरा हुन सकेको छैन र बर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको छ।’

प्रभावशाली नेता डा कोईरालाले १२ बुॅदे सहमतीको जगमा स्थापित संघीय लोकतान्त्रिक गाणतन्त्र जोगाउनका लागि सबैले सजग हुनुपर्ने विचार समेत व्यक्त गरेका छन् । नेता डा कोईरालाले बर्तमा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वकै सरकारका कारण गणतन्त्र गुम्ने खतरा रहेको दाबी गरे ।

डा कोईराला भन्छन्ः १२ बुॅदे सहमतीको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना र सहिदहरुप्रती सम्मान ब्यक्त गर्दछु। जुन लक्ष्य र अभिलाषाले गणतन्त्र स्थापना भएको हो त्यो पुरा हुन सकेको छैन र बर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको छ। यसमा सबैको खबरदारी जरुरी छ।