बाग्मती

नेपालमा कोरोना संक्रमीत र निधन भएकाको विवरण (पछिल्लो अपडेट)

१५ जेठ काठमाडौं । नेपालमा आज बिहानै ७६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश नम्बर २ मा एकाबिहानै ७६ जना थप कोराना संक्रमीत थपिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक नेपालमा कोरोना संक्रमीतको गति तिबै बन्दै गएको छ । हिजोमात्रै एकैदिन १ सय १४ जनामा कोरोना देखिीको थियो ।