सामाजिक सञ्जाल

देशलाई अहिले एउटा बलियो वैकल्पिक शक्ति आबश्यकः अध्यक्ष थापा

१५ जेठ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र राप्रपाका अध्यक्ष कमल थापाले देशलाई अहिले एउटा बलियो वैकल्पिक शक्तिको आबश्यकता रहेको बताएका छन् । पार्टी स्थापना दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै देशलाई अहिले एउटा बलियो वैकल्पिक शक्ति मन वचन र कर्मले प्रजातन्त्रमा बिश्वास गर्ने र नेपाली जनताको चाहना अनुरुप सुशासन र सम्बृद्ध प्रदान गर्नका लागि लागिपर्ने व्यक्तिको आबश्यकता रहेको बताएका हुन् ।

साथै यस्तो विकल्प बन्न सक्ने योग्यता र क्षमता राप्रपामा मात्र रहेको दाबी गरेका छन् । उनले आजको दिनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० बर्ष पुरा गरि ३१ औं बर्षमा प्रवेश गरेको यस अवसरमा राप्रपालाई माया गर्ने देश बिदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरुमा सादर आभार व्यक्त गरेका छन् ।

पार्टीका संस्थापक नेताहरु तथा पार्टीको आदर्श प्रति प्रतिबद्ध रहेकै कारण शहादत प्राप्त गरेका महान शहीदहरु प्रति हार्दिक अभिनन्दन तथा श्रद्धांजली अर्पण गरेका छन् । अनेकौ उतारचढावको वावजुद कत्तिपनि विचलित नभई पार्टीलाई वर्तमान अवस्था सम्म ल्याउन योगदान पुराउन क्रियाशील पार्टीका साथीहरुमा हार्दिक बधाई तथा शुभकामना दिएका छन् । स्थापनाकालदेखि पटकपटक टुटफुटको श्रृंखलाबाट गुज्रेको राप्रपा अब कहिल्यै नफुटने बाचाबन्धन सहित एकताबद्ध भएको बताएका छन् ।

साथै अध्यक्ष थापाले यो धरातलिय यथार्थलाई हृदयंगम गर्दै आगामि दिनमा सक्रिय रुपले संगठन निर्माण र जनताको बिश्वास जित्ने काममा लाग्न आजको दिनमा सम्पूर्ण पार्टीका नेता कार्यकर्तामा आह्वान गरेका छन् । राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्ने अभिभारा अब हाम्रो हो । विगतमा केही गंभीर त्रुटि र कमजोरिहरु भएको स्वीकार गर्दै उनले त्यसबाट पाठ सिकेकोले अब गल्ति नदोहरिने बताएका छन् ।