खेलकुद

प्रिमियर लिगका थप चार जनामा देखियो कोरोना संक्रमण

१५ जेठ काठमाडौं । प्रिमियर लिगमा कोरोना भाईरसका थप चार जना संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षण अनुसार तीन क्लबका थप चार जनामा कोरोनाको संक्रमण देखिएको हो ।

तेस्रो चरणमा १ हजार ८ खेलाडी तथा स्टाफमा परिक्षण गरिएको थियो । अहिलेसम्म प्रिमियर लिगका २ हजार ७ सय ५२ जना खेलाडी तथा स्टाफमा कोरोनाको परिक्षण गरिएको छ । जसमा १२ जना संक्रमित देखिएका छन् ।

प्रिमियर लिगमा खेलाडी तथा स्टाफको हप्तामा २ पटक परिक्षण गर्ने गरिएको छ । संक्रमित खेलाडी तथा स्टाफलाई ७ दिनका लागि एकान्तवासमा पठाउने गरिएको छ ।

प्रिमियर लिगले दोस्रो चरणको योजना अनुसार खेलाडीलाई कन्ट्याक्ट प्रशिक्षणको अनुमती प्रदान गरेको छ । लिगका क्लबले गत साताबाटै सानो समुह बनाएर सामाजिक दुरी कायम राख्दै प्रशिक्षण भने सुरु गरिसकेका छन् ।

कोरोना भाईरसको महामारीका कारण लिग फुटबल मार्चबाट स्थगित छ । लिग जुनबाट पुन सुरु गर्ने तयारी गरिएको छ ।