समाचार

नेपाल–भारत सीमा विवादमा बोले पाकिस्तानि प्रधानमन्त्री ईमरान

१५ जेठ काठमाडौं । नेपाल–भारतको जारी सीमा विवादको ष्विषयलाई लिएर पाकिस्तानि प्रधानमन्त्री ईमरान खानले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको टिप्पणी गरेका छन् ।

उनले धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको उनले बताएका छन् । प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन्, ‘नेपाल–चीन सगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ ।’

अर्को ट्विटमा उनी लेख्छन्, ‘काश्मीरलाई अवैध रूपमा ओगटेर भारतले चौथो जेनेभा सम्मेलनअनुसार, युद्ध अपराध गरेको छ । मैले सधैं भन्दै आएको छु कि मोदी सरकार भारतीय अल्पसंख्यकका लागि मात्र नभएर क्षेत्रीय शान्तिका लागि नै खतरा बनेको छ ।’