आर्थिक

सरकारले आउँदो आर्थिक वर्षको वजेटमा कुन–कुन विषयलाई राख्यो प्राथमिकतामा ?

१५ जेठ काठमाडौं । नेपाल सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कोरोना रोग रोकथाम तथा नियन्त्रण सहित, कृषि, रोजगारी, उर्जा तथा सिँचाईलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

आगामि आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट सरकारले आज प्रस्तुत गर्दै छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान पेश गनृेछन् ।

नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । कोरोना महामारी र यसले निम्ताएको संकटलाई सम्बोधन गर्नेगरी सरकारले बजेट ल्याउन लागेको हो ।

चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि अपरान्ह ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् ।