समाचार

लिपुलेक नेपालकै हो, संसदमा दर्ता संविधान संशोधन प्रस्ताव सकारात्मकः सभापती देउवा

१५ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबादुर देउवाले लिम्पियाधुरा लगाएतको  भु–भाग  नेपालकै भएको बताएका छन् । १३ औं गणतन्त्र दिवशको अवसरमा शुभकामना दिँदै सभापती देउवाले कालापानि, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको बताउँदै संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव सकारात्कम भएको बताएका छन् ।

साथै सभापती देउवाले कोरोना भाईरस (कोभिड १९) कारण देश अहिले कठिन परिस्थतीबाट गुर्जिरहेको भन्दै उच्च सर्तकर्ता र दृढ मनोबलका साथ यो माहामारीको सामना गर्न सबै नेपालीलाई आग्रह गरेका छन् । साथै सभापती देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छः “नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२–०६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो ।

नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु,” ।

लोकतन्त्रको स्थापना र पुर्नस्थापनाकालागि भएका ऐतिहासिक आन्दोलनमा आफ्नो जिवन उत्सर्ग गर्ने सम्पुर्ण वीर सहिदहरुप्रति सम्मान गर्दै श्रदाञ्जली अर्पण समेत गरेका छन् । विज्ञप्तिको अन्त्यमा सभापती देउवाले गणतन्त्र दिवशको अवसरमा देश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईमा शुभकामना व्यक्त गरेका छन् ।