समाचार

आज दिनभरको मौसम अवस्था यस्तो छ ! (हेर्नुहोस्)

१५ जेठ काठमाडौं । मौसम पूर्वानुमान महाशाखा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको छ। हाल देशको मध्य भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

दिउँसोः देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागहरुमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य र पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भूभागका केही स्थानहरुका साथै पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।