अन्तर्राष्ट्रिय

पश्चिम बंगालका विद्यालय अर्को महिना पनि पुरै बन्द हुने

school-1_closed till up-nirwacahn

एजेन्सी । भारतको पश्चिम बंगाल राज्यमा आगामी महिना पनि विद्यालयहरु बन्द हुने भएका छन् । प्रदेश सरकारले आगामी जुन ३० सम्मका लागि सवै विद्यालयहरु बन्द नै गर्ने बुधबार घोषणा गरेको हो ।

प्रदेश सरकारका शिक्षा मन्त्री पार्थ चटर्जीले केही दिन अघि आएको आँधीका कारण विद्यालयहरुको भौतिक संरचना क्षतीग्रस्त भएकाले विद्यालयहरु बन्द गर्नु परेको जानकारी दिएका छन् । त्यसैगरी कतिपय विद्यालय भवनहरु कोरोनाभाइरसको सङ्क्रमणका कारण क्वारेन्टाइनको रुपमा प्रयोग गरिएकाले पनि तत्काल विद्यालय संचालन गर्न कठिनाई रहेको उहाँको भनाई छ । सरकारले यसअघि आगामी जुन १० सम्म बन्द रहने निर्णय गरेको थियो ।

तर कक्षा १२ को प्रदेशस्तरीय परिक्षा भने नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । कक्षा १२ को परिक्षा यही जुन २९, जुलाई २ र जुलाई ६ मा गर्नेगरी अघिल्लो हप्ता नै घोषणा भएको थियो । पश्चिम बंगाल उच्च माध्यामिक शिक्षा बोर्डले परिक्षाका लागि सवै तयारी पुरा गर्न निर्देशन पनि दिएको मन्त्री चटर्जीले जानकारी दिएका छन् । यस परिक्षाका लागि एक हजार ५८ ओटा परिक्षा केन्द्र निर्धारण गरिएको उनको भनाई छ ।

आँधीले परिक्षा केन्द्र निर्धारण गरिएका ४६२ ओटा विद्यालयको भौतिक संरचनामा क्षति पुर्याएकाले अन्यन्त्र सारिएको पनि  दिएका छन् । भारतमा लामो समयदेखिको देशव्यापी लकडाउन र केही दिन अगाडी आएको अम्फान आँधीका कारण शैक्षिक क्रियाकलाप नराम्रोसँग प्रभावित भएको छ ।