पु.समाचार

पाटनबाट किष्ट सारेका अर्का एक व्यक्तीको कोरोना संक्रमणका कारण निधन

१४ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण ललितपुरका एकजनाको निधन भएको छ। ललितपुरस्थीत किष्ट अयस्पतालमा ५७ बर्षीया एक पुरुषको निधनपश्चात कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५ जना पुगेको छ ।

पाटन अस्पतालमा आईसियू नभएपछि किष्ट अस्पतालमा उपचारका लागि लगिएका उनलाई आज ८ बजेपछि कोरोना पोजेटिभ देखिएको हो ।

डा खगेश्वर गेलालले मृत्यु पुष्टी गरेका ललितपुर महानगर २२ नम्बर वडाका उनलाई शबगृहमा राखिएको बताईएको छ। सरकारले उनको निधन भएको आधिकारिक घोषणा भने गरेको छैन ।

आज सम्म संक्रमीतहरु ९०१ पुगीसकेको अवस्थामा एक जना मृतक थपीएका छन् ।