पु.समाचार

रुकुमको जघन्य हत्या घटनालाई राजनीतीकरण नगरियोस्–महिला सङ्घ

१४ जेठ, काठमाडौं । नेपाल महिला सङ्घले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी घटनाको भत्र्सना गर्दै उक्त घटना दलित समुदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समुदायका लागि अत्यन्तै दुःखद् एवं अमानवीय घटना भएको टिप्पणी गरेको छ । शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदैगर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य तीन जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य दुई जना बेपत्ता छन् । निष्पक्षरुपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभन्नि राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घ÷संस्थाले समेत आवाज उठाउँदै आएका छन् ।

सङ्घका महासचिव धना खतिवडाले आजको २१ औँ शताब्दीमा पनि जातीय विभेद एवं छुवाछूतका कारण रुकुममा भएको घटन ज्यादै निन्दनीय भएको बताउँदै बेपत्ता पारिएकाको छिटोभन्दा छिटो खोजी गर्नुपर्ने, संसदीय छानबिन समिति गठन गर्नुपर्ने र घटनाको निष्पक्षरूपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याई दोषीलाई मुलुकी अपराध संहिता–२०७४ र छुवाछूत तथा भेदभाव कसुर सजाय ऐन–२०६८ अन्तर्गत कानूनी दायरामा ल्याई हँदैसम्मको सजाय दिनुर्पे माग गरे । सङ्घकी सदस्य लता घिमिरेले उक्त घटनालाई जघन्य अपराधको सङ्ज्ञा दिँदै घटनाले नेपाली समाज कता गइरहेको छ भन्ने विषयलाई चित्रण गरेको छ भने ।