राजनीति

काँग्रेस ओलीसँग आक्रोशितः प्रस्ताव ल्याउंदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने?

१४ जेठ, काठमाडौं । नेपाली काँग्रेसले प्रस्ताव ल्याउंदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग आक्रोश पोखेका छन् । नेपाली काँग्रेसका प्रवक्ता बिश्व प्रकाश शर्मालेट्वीट गर्दै प्रधानमन्त्री ओली प्रति आक्रोश पोखेका हुन् । शर्माले संसोधन प्रकृया शुरु गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै, ‘प्रक्रिया सुचारु गर्नोस् । के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिझसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं र रहन्छौं ।’ भनेका छन् ।

नेता शर्माको स्टाटस्ः प्रस्ताव ल्याउंदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ? @PM_Nepal प्रक्रिया सुचारु गर्नोस् । के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिझसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं र रहन्छौं ।