राजनीति

तत्काल काँग्रेस बैठक बोलाई संबिधान संसोधनमा साथ दिन नेता गुरुङ/थापाको देउवासँग आग्रह

१४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय धनराज गुरुङ र गगन थापाले तत्काल नेपाली काँग्रेसले केन्द्रीय समितिको औपचारिक बैठक बोलाई सरकारले दर्ता गरेको कालापानी, लिपुलेक र लिम्पीयाधुरा सम्मिलित नक्साको निशाना छाप पास गर्न सभापति देउवालाई आग्रह गरेका छन् । दुवै नेताले ‘फास्ट ट्रयाक’बाट संविधान संशोधन गर्न बिहीबार नै बोठक बोलाई टुंगो लगाउन आग्रह गरेका छन् । मंगलबारको सर्बदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दललाई सरकारले संसदमा दर्ता गरेको संबिधान संसोधन प्रस्तावमा सहमती जनाउन आग्रह गरेका थिए । नक्सा बनाईसकेको अवस्थामा अब संसदबाट पास गरेपछिमात्र निशाना छापमा लागू हुने छ ।

नेता गुरुङ भन्छन्ः कांग्रेस नेतृत्वबाट परिवर्तित नक्शालाई संबिधानको अंग बनाउने संसोधन प्रस्ताबको पक्षमा उभिने निर्णय भैसकेको छ। आदरणीय सभापति २म्भगदबक्जभचदमच ज्यु ! औपचारिकताको लागि भोलि नै केन्द्रीय समितिको बैठक बसौं। सिघ्र बाटोबाट संबिधान संसोधन गरौं। जयनेपाल।

नेता थापाः परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ र ‘फास्ट ट्रयाक’बाट संविधान संशोधन पारित गरौँ।