पु.समाचार

रौतहट, बारा र सिरहामा गरी भेटिए नयाँ ४५ जना कोरोना संक्रमीत

१४ जेठ, काठमाडौं । आज प्रदेश नम्बर २ मा ४५ जना कोरोना संक्रमीत भएका छन् । बिराटनगरमा केहीबेर अगाडी १७ जनामा कोरोना संक्रमीत पुष्टी भएको केहीबेर पनि नभई प्रदेश नम्बर २ मा ४५ जना कोरोना संक्रमीत भेटिएका हुन् ।

हेटौंडा अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज कोरोना पुष्टी भएको हो । मुलुकभर कोरोना संक्रमणमबाट निको हुने झण्डै दुई सय पुगेका छन् भने ४ जना अहिलेसम्म निधन भएका छन् । ३५ जना रौतहट, ८ बारामा र २ जना सिरहामा रहेका छन् ।