राजनीति

निशान छापका लागि संबिधान संसोधनमा मतदान गर्ने राप्रपाले गर्यो संस्थागत निर्णय

१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, पशुपति शम्सेर राणा र डा प्रकाश चन्द्र लोहनीको बैठकले सरकारले दर्ता गरेको नेपालको नयां नक्सा अनुसार निशान छापका लागिको संबिधान संसोधन प्रस्तावमा मतदान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालय प्रमुख धु्रबबहादुर प्रधान र भाष्कर भद्राद्वारा हस्ताक्षरित विज्ञप्तीका अनुसार संबिधान संसोधन बिधेयकलाई समर्थन गर्ने र बिधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको बताईएको छ । हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्बदलीय बैठक राखेका थिए । उक्त बैठकपश्चात संबिधान संसोधनको पक्षमा सरकारकारलाई समर्थन गर्ने पहिलो दल राप्रपा भएको छ जसले संस्थागत निर्णयसमेत गरेको छ ।

केहिदिन अगाडीमात्र लिपुलेक, लिम्पीयाधुरा र कालापानीसहितको नेपालको नक्सा सरकारले सार्बजनिक गरेको थियो भने त्यसको केहीबेरमा नै कानून मन्त्रीमार्फत संबिधान संसोधन प्रस्ताव दर्ता गरेको थियो । सबैदीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलसाग समर्थन मागेका थिए ।