पु.समाचार

घर हिँडेका नेपाली युवकको नाकामै गयो ज्यान

१४ जेठ काठमाडौं । घर आउनलाई नाकामा रोकिएका एक नेपाली युवाको मृत्यु भएको छ । धनुषका शहिद नगरपालीका ९ का विरेन्द्र गुरमैता यादवको मंगलबार बिहान मृत्यु भएको हो ।

झण्डै २ सय जनाको समुह जटहीनाकामा रोकिएको थियो । सोहि भिड्मा बस्दा बिरामि परेका गुरमैतले चाँडै घर आउने जनाएपनि घरसम्म पुग्न भने पाएनन् ।

बिरामि दाईको खबर पाएपछि उनका भाई नाकामा गएका थिए । विरेन्द्र रोजगारीका लागि ४ महिना अघि भारतको गुजरात गएका थिए । परिवाकार सदस्यका अनुसार १७ दिन अघि गुजरातबाट हिँडेर नाकासम्म आएका थिए ।

धनुषका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले मृत्यु भएको पुष्टि गरेका छन् । साथै मृतकमा कोरोना भएनभएको पुष्टि भएको छैन । कोरोना परिक्षणका लागि स्वाबसंकलन गरिएको छ ।