लुम्बिनी

कपिलवस्तुमा बालिका बलात्कृत

कपिलवस्तु, १४ जेठ । महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पुर्याई सो हर्कत गरेको आरोप लगाइएको छ ।

राति परिवारले बालिकालाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिएका छन् । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।