समाचार

आईसोलेसनमा उपचाररत ५० वर्षका एक व्यक्तिको मृत्युः कोरोना पुष्टि हुन बाँकी

१४ जेठ काठमाडौं । आईसोलेशनमा उपचाररत ५० वर्षका एक व्यक्तिको मृत्यु भएको छ । कैलालिस्थित सेती प्रादेशीक अस्पतालको आईसोलेशनमा उपचाररत जिल्लाको गौरीगंगा नगरपालीका ७ का ति व्यक्तिको आज बिहान मृत्यु भएको हो । यद्यपि कोरोना भए–नभएको पुष्टि हुन भने बाँकी छ ।

साथै मृतकको र्यापीड टेष्ट नेगेटिभ आएपनि पिसिआर परिक्षण गरेर कोरोना भए-नभएको एकिन गरिने अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताएका छन् । मंगलबार भारतको महाराष्टबाट आएका ति व्यक्ति सोहिदिन साँझ अस्पताल भर्ना भएका थिए ।