स्वास्थ्य

गण्डक अस्पतालमा उपचाररत २१ जनाले जिते कोरोनाः गरियो डिस्चार्ज

१४ जेठ काठमाडौं । गण्डक अस्पतालमा उपचाररत २१ जना संक्रमीतले कोरोना जितेका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालबाट पर्साका २१ जना कोरोना मुक्त भएका छन् ।

निको भएका २१ जनालाई मंगलबार राति नै डिस्चार्ज गरिएको छ । डा.उदय नारायण सिंहका अनुसार उनिहरुको लगातार दुई पटकको रिपोर्ट नेगेटि आएपछि डिस्चार्ज गरिएको हो । 

६ महिला सहित ३० जनाको अहिले आईसोलेशनमा उपचार भईरहेकोमा अब अस्पतालमा ९ जना मात्रै उपचाररत छन् । यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए । यस्तै ४ जनाको मृत्यु भएको छ भने ७ सय ७ २ जना संक्रमीत रहेका छन् ।