खेलकुद

कोरोनाका कारण इंग्ल्यान्डको महिला लिग तत्काल लागू हुने गरी स्थगित

१४ जेठ काठमाडौं । इंग्ल्यान्डको महिला लिग सोमबारबाट तत्काल लागू हुने गरी स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण यो सिजनका पूरा लिग स्थगित गरिएको हो । लिग कसले जित्ने छ र कुन–कुन टिम रेलिगेसनमा पर्नेछ, त्यसबारे कुनै निर्णय गरिएको छैन ।

इंग्लिस फुटबल संघले भनेको छ, ‘महिलाको सुपर लिग स्थगित गरिएको छ, क्लबकै सल्लाहमा ।’ अर्को सिजनका लागि क्लबले तयारी गर्न पर्याप्त समय मिलोस भनेर पनि लिग अब नहुने भएको हो ।

खेल रोकिन अगाडि म्यानचेस्टर सिटी शीर्ष स्थानमा थियो र उसलाई चेल्सीमाथि एक अंकको अग्रता प्राप्त थियो । यस्तै लिगमा सात चरणका खेल हुन बाँकी थियो । डिफेन्डिङ च्याम्पियन आर्सनल थप तीन अंक पछाडि थियो, तर उसले एक खेल कम खेलेको थियो ।

प्रत्येक खेलको औसत अंक निकाल्ने हो भने चेल्सी च्याम्पियन हुने थियो । सिटीले भने प्रेस विज्ञप्ती निकाल्दै भनेको छ, ‘हामी निकै निराश छौं, किनभने हामीले यो सिजन पूरा गर्न सकेनौं ।’