पु.समाचार

विश्वभर कोरोनाः ५६ लाख ७८ हजारवढी संक्रमीत, निधन ३ लाख ५१ हजार नाघ्यो (पछिल्लो अपडेट)

१४ जेठ काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख ७८ हजार २६ पुगेको छ । वल्र्ड मिटरको बुधार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर अमेरिकामा सर्वाधिक १७ लाख २५ हजार १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, रुसमा ३ लाख ६२ हजार ३ सय ४२, ब्राजिलमा ३ लाख ९२ हजार ३ सय ६०, बेलायतमा २ लाख ६५ हजार २ सय २७, स्पेनमा २ लाख ८३ हजार १सय ३९, इटालीमा २ लाख ३० हजार ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर ३ लाख ५१ हजार ६ सय ६७ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक एक लाख पुगेको छ त्यहाँ १ लाख ५ सय ७९ पुगेको छ । त्यस्तै, बेलायतमा ३७ हजार ४८, ईटालीमा ३२ हजार ९ सय ५५, फ्रान्समा २८ हजार ५ सय ३० को मृत्यु भइसकेको छ ।

विश्वभर २४ लाख २६ हजार ५ सय ५५ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ४ लाख ७८ हजार ३ सय ९२, जर्मनीमा १ लाख ६२ हजार, स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना, ईटलीमा १ लखा ४४ हजार ६ सय ५८ संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमीतको संख्या १ लाख नाघेको छ । त्यहाँ १ लाख ५० हजार ७ सय ९३ जना संक्रमीत भएका छन् भने ४ हजार ३ सय ४४ जनाको मृत्यु भएको छ । नेपालमा ७ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये ४ जनाको मृत्यु भइसकेको छ भने १ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।