सामाजिक सञ्जाल

धनराज आक्रोशितः सांसद विकास कोष खारेज गर्न केले छेक्यो ?

१३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सांसद विकास कोष खारेज गर्न केले छेक्यो? भन्दै प्रश्न गरेका छन् । साँसद बिकास कोष खारेज गर्न पटक पटक माग गर्दै आएका नेता गुरुङले कोरेन्टिनमा बस्ने जनताको लागि न खाना छ, न त परिक्षण गर्न पिसिआर किट्स नै भन्दै त्यसको ब्यवस्थगा गर्नुपर्ने बताएका छन् ।

उनले बजेटको अभावले हो भने सांसद विकास कोष खारेज गरेर पिसिआर परिक्षण बढाउनु पर्दैन सरकार? भन्दै आक्रोश पोखेका छन् । कि आम्नीले पिसिआर किट्स ल्याउन नसक्ने भएर हो ? भन्ने उनले प्रश्न थपेका छन् ।

नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलगायत नेकपाका नेताहरुले पनि संसद विकास कोष खारेज गर्न पटक पटक माग गरिरहेका छन् । नेता गुरुङ संसद विकास कोष खारेज गर्नुपर्छ भन्ने पहिलो नेता नै हुन् भन्दा फरक नपर्ला ।

उनको स्टाटस्ः कोरेन्टिनमा बस्ने जनताको लागि न खाना छ, न त परिक्षण गर्न पिसिआर किट्स नै। बजेटको अभावले हो भने सांसद विकास कोष खारेज गरेर पिसिआर परिक्षण बढाउनु पर्दैन सरकार? कि आम्नीले पिसिआर किट्स ल्याउन नसक्ने भएर हो ? अन्यथा सांसद विकास कोष खारेज गर्न केले छेक्यो? @hello_sarkar