राजनीति

रुकुम/बुटवलमा भएका हत्या/आत्महत्याको घटना क्रुर/निन्दनियः अध्यक्ष थापा

१३ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले जातीय विभेद र छुवाछुत मानवता बिरुद्धको अपराध भएको बताएका छन् । अन्तरजातिय प्रेम र विवाहको सन्दर्भमा हालै रुकुम र बुटवलमा भएका हत्या र आत्महत्याको घटना क्रुर र निन्दनिय भएको नेता थापाले खुलस्त गरेका छन् । ट्वीट गर्दै उनी भन्छन्, ‘अपराधीलाई कानुन बमोजिम कार्वाही त हुने नै छ, तर, मानवता बिरोधी यस्ता कलंक पुनः दोहरिन नदिन नेपाली समाज पनि सचेत रहनु पर्दछ।’

राप्रपा अध्यक्ष कमल थापा सामाजिक संजालमा लेख्छन्ः– जातिय विभेद र छुवाछुत मानवता बिरुद्धको अपराध हो। अन्तरजातिय प्रेम र विवाहको सन्दर्भमा हालै रुकुम र बुटवलमा भएका हत्या र आत्महत्याको घटना क्रुर र निन्दनिय छन्। अपराधीलाई कानुन बमोजिम कार्वाही त हुने नै छ, तर, मानवता बिरोधी यस्ता कलंक पुनः दोहरिन नदिन नेपाली समाज पनि सचेत रहनु पर्दछ।