लुम्बिनी

कपिलवस्तु आगलागीमा जले नौ घर

१३ जेठ, चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ मानपुरमा आगलागी हुँदा नौ घर र दुई गोठ जलेर नष्ट भएका छन् । स्थानीयवासी रमेश यादवको फुसले छाएको गोठबाट शुरु भएको आगोबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए।
आगलागीबाट रु २० लाख बराबरको क्षति भएको छ । घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगोबाट मानवीय तथा चौपायाको क्षति भएको छैन । कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको हो । गर्मीयाम शुरु भएसँगै यहाँ आगलागीका घटना बढेका छन् । गत चैतमा पनि विजयनगरको गुगौलीमा आगलागी हुँदा ४९ घरगोठ जलेर नष्ट भएका थिए ।