बाग्मती

“कांग्रेसले यथार्थ परक सुझाब दिएको छ, सरकारले ग्रहण गरोस”

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले समग्रमा मुलुकको अर्थतन्त्रमा परेको बास्तबिक बिश्लेश्न गरेको र अर्थतन्त्रको पुनरुथान गर्ने उपायहरु सुझाएको, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्याक्ष एवम् पूर्व राजदूत डा. शंकर शर्माले बताएका छन् ।

आज एक अन्तर्बातामा डा शर्माले अहिलेको अवस्थामा नेपाली अर्थतन्त्र कमजोर बनेकाले यसको सुधारका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने सुझाव दिए । यसैगरी सरकारले ल्याउने बजेटको आकार बढाउन नहुने पनि अर्थविद् डा शर्माको भनाई छ । बजेट खर्च हुने अवस्था नरहेकाले सरकारले ठूलो आकारको बजेट ल्याए आफैले गाली खाने पनि प्रष्ट पारे ।

डा. शंकर शर्माले सरकारले आर्थिक क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीकाबीचमा सरकारले उद्योग धन्दाहरु चलाउने भने पनि यसतर्फ आवश्यक समन्वय गर्न नसक्दा यसको असर उद्योग क्षेत्रमा परेको बताए ।

नेपाली कांग्रेस काग्रेस अर्थ केन्द्रित विशेष समितिले केहि दिन पहिला आफ्नो प्रतिवेदन सर्वजनिक थियो । डा शर्मा यस समितीका सदस्य पनि हुनु हुन्थ्यो ।