आर्थिक

सङ्घीय संसद्मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश

१३ जेठ, काठमाडौं । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०७६र७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

अर्थमन्त्रीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका आर्थिक, भौतिक विकासलगायत समग्र अवस्थाको बारेमा सदनलाई जानकारी गराएका थिए ।

दुई समितिको प्रतिवेदन पेश

प्रतिनिधिसभा बैठकमा दुई संसदीय समितिको प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘कृषि तथा सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७६र७७’ पेश गर्नुभयो । यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७७’ पेश गरे ।