पु.समाचार

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

१३ जेठ, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन्। उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन् ।