राजनीति

सभापति देउवाको आक्रोश: भ्रष्टाचारको प्रश्न उठाउंदा किन अस्थिरता फैलाएको आरोप ?

१३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज नेपाी काँग्रेसको शुभेच्छुक संस्था प्रेश यूनियनको २९ औं स्थापना दिवशको अवशरमा पत्रकारहरुलाई निडर भएका लेख्न आग्रह गरेका छन् । उनले युनियनको संयोजनमा भएको जुमबाट सम्बोधन गर्दै आफूले भन्दै आएको कुरा पुनः बताउन चाहेको भनेका छन् ।

१, पत्रकारका लागि सुरक्षा सामग्री ब्यवस्था गर
– कोरोनाको जोखिमका बेला पत्रकारिताको काम सजिलो छैन, अतः देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य थियो । सरकार यसमा गम्भीर भएन ।
– बिरगंज, उदयपुर लगायतका ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिएको छ ।
–देशभरका पत्रकारको निःशुल्क परिक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न म सरकार समक्ष माग गर्नेछु ।

२, पत्रकार र मिडिया हाउसलाई राहत योजना ल्याउ
– श्रमजीवी पत्रकार यो बिचमा कयौं बेरोजगार भएका छन् ।
– बिज्ञापन ब्यवसायमा असर पर्दा मिडिया हाउसहरु संकटमा परेका छन् ।
–देशभरिमा कयौं दैनिक र साप्ताहिक पत्रिका बन्द भएका छन् ।

पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन नेपाली कांग्रेसले यस अघिनै माग गरिसकेको छ । सरकारलाई म पुनः माग गर्न चाहन्छु ।

३, भ्रष्टाचारको प्रश्न उठाउंदा किन अस्थिरता फैलाएको आरोप ?
–स्वास्थ सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको विवरण हाम्रा संचार माध्यमहरुमा आए ।

तपाईंहरुले निडरता पूर्वक लेख्नु भयो । प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कार्वाही गर्नुपर्नेमा उल्टै संचार माध्यम र सामाजिक संजालले अस्थिरता फैलाएको आरोप लगाउनु भयो ।
ड्ड म उहाँलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । संचार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ ।

४, निडर भएर लेख्नोस्, तपाइहरुका साथमा म छु
– लक डाउन भएको दुई महिना पूरा भयो, प¥याप्त परिक्षण छैन । क्वारेन्टाइन कि गाई गोठ ? शोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन । बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ ।
ड्ड लक डाउनले समाजका सबै गतिविधि बन्द भएका बेला अनियमितता, बेथिति, भ्रष्टाचार र अलोकतान्त्रिक व्यवहार क्रमशः थप बढ्दै जान सक्ने खतरा देखिएका छन् । यस्तो बेला मिडियाले खबरदारीको भुमिका अझै बढाउन जरुरी छ ।
– म निडर भएर आफ्नो कलम चलाउन तपाईंहरुलाई आग्रह गर्दछु । मेरो सदैव साथ तपाईंहरुलाई रहनेछ ।

अन्त्यमा फेरि पनि नेपाल प्रेस युनियनलाई स्थापना दिवसको हार्दिक शुभकामना छ ।

९सभापति श्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियन सुनसरीको डिजीटल क्यालेण्डर विमोचन गरेर नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा आयोजित आजको कार्यक्रमको उद्घाटन र सम्बोधन गर्नु भएको थियो ।०