लुम्बिनी

जातियत भेदभाव, रुकुम घटनामा संलग्नलाई कडा कारबाहि होस्ः युवा संगठन

१३ जेठ काठमाडौं । रुकुम पश्चिम् युवा संगठनले रुकुममा भएको हत्यामा संलग्नलाई कडा कारबाहि गर्न माग गरेको छ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालका उपाध्यक्ष अमुल्य राज बिश्वकर्माले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन, अनुसन्धानमा राजनीतिक पहुँच र मोलमोलमोलाइ कुनै स्थान नदिई निस्पक्क्ष छानबिनगरी दोषीलाई हदैसम्मको कार्बाही गर्न माग गरेका छन् ।

जातीय छुवाछूत र भेदभाव विरुद्ध अगुवाइ गर्न दलित मुक्ती संगठनहरुमा सहयोग गर्न आम जनसमुदायहरुमा माग पनि गरेका छन् । सरकारको तर्फबाट भेदभाव मुक्त जिल्ला घोषणा गरीएको जिल्लामै अन्तरजातिय बिहेगर्न खोज्दा एक दलित युवाले अकालमा ज्यान गुमाउनु लज्जाको विषय भएको जनाईएको छ ।

उक्त घटना राज्यको छुवाछूत मुक्त वडा, नगर र जिल्ला घोषणाको कार्यक्रम कति पाखण्ड्याइ र भ्रष्टाचारको पराकाष्ठा थियो भन्ने सत्यतथ्य नवराज बि.क र सुस्मा मल्लको घटनाले पुष्ठि गरिरहेको विज्ञप्तिमा उल्लेख छ । रुकुम चौरजहारी घर भएकि सुस्मा मल्ल ठकुरी जाजरकोट भेरीनगरपालिका बस्ने रानागाउ घर भएका नवराज बि.क.बीच अन्तर जातीय प्रेमसम्बन्ध पुष्ठि भएपछी कुटपिट गरि हत्या गरियो छ ।

भने उनलाई साथ दिएका उनका अन्य दुई साथिको पनि हत्या भएको छ भने अँझै ४ जना बेपत्ता रहेका छन् । उक्त घटनामा संलग्न भएको आरोपमा वडाअध्यक्ष सहित १२ जना पक्राउ परेका छन् ।