अन्तर्राष्ट्रिय

भारतमा कोरोना कहरः आजसम्म कति संक्रमीत र कतिले गुमाए ज्यान ?

१३ जेठ काठमाडौं । भारतमा चिनको उहान शहरबाट फैलिएको प्राणघातक कोरोना भाईरसको संक्रमण तिब्र गतिमा बृद्धि भएको छ । त्यहाँ आजसम्म संक्रमीत हुनेहरुको संख्या झण्नै डेढ लाख पुग्नै थालेको छ ।

वल्र्ड मिटरको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरानाको कारण संक्रमीत हुनेको संख्या १ लाख ४४ हजार ९ सय ५० पुगेको छ । भने मृतकको संख्या ४ हजार नाघेको छ । भारतमा आजसम्म ४ हजार १ सय ७२ जनाको मृत्यु भएको छ । भने ६० हजार ७ सय ६ जना निको भएका छन् ।

यस्तै ८ हजार ९ सय ४४ को अवस्था गम्भिर रहेकाले मृतकको संख्या अँझ वढ्नसक्ने अनुमान गरिएको छ । यस्तै भारमा कोरोना कहर जटिल बन्दै गईरहेको बेला अन्य मुलुकहरुमा भने संक्रमीत र मृत्युदरमा विस्तारै कमि आईरहेको छ ।

पछिल्लो समय कोरोनाको उच्च जोखिममा परेको अमेरिका,बेलायत, ईटाली,स्पेन लगाएतका मुलुकहरुमा कोरोना प्रकोपमा भने केहि कमि आएको छ ।