सामाजिक सञ्जाल

अपराध र जातीय विभेदमा संलग्न जोसुकै व्यक्ति भएपनि कडा कारबाहि गर्नुपर्छः नेता थापा

१३ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन कुमार थापाले अपराध र विभेदमा संलग्न जोसुकै भएपनि दण्डित गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जाल ट्वीट मार्फत नेता थापाले २१ औं शताब्दीमा आईपुग्दासम्म आजपनि जातीय विभेदकै कारण कयौं व्यक्तिले ज्यान गुमाउनु परेको भन्दै यो हामी सबैका निम्ति लज्जाको विषय भएको बताएका छन् ।

संविधानमा, सबै दलले घोषणपत्रमा लेखेको र भाषणहरूमा भनेको र कक्षामा पढेको, अखबारमा लेखिएपनि जातियताका नामका कसैले आजपनि ज्यान गुमाउनु भनेको लज्जाको विषय भएको बताउँदै जातिय बिभेद गर्ने जोकोहिलाई पनि कडा कारबाहि गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार रुकुम पश्चिम चौरजहारी नगरपालीका ८ मा एक दलित युवाले आफ्नी प्रेमिका ठुलो जातकी युवतिलाई बिहेको लागि घरमा लिन गएको बेला ज्यान गुमाउनु परेको छ । सामाजिक सञ्जालमा, नागरिक समाज, दलित आयोग, विभिन्न राजनितक दलका दलितसंग सम्बन्धीत संघ संस्थाहरु, सर्वसाधारण जनता लगाएतले उक्त घटनामा सम्लग्नलाई कडा कारबाहि गर्न माग गरेका बेला नेता थापाले पनि यस्तो माग गरेका हुन् ।

उक्त घटनामा ३ जनाको मृत्यु भई शव फेला परेपनि अँझै चारजना बेपक्ता रहेका छन् । घटनामा संलग्न भएको आरोपमा वडा अध्यक्ष सहित १२ जनालाई प्रहरीले पक्राउ पनि गरिसकेको छ ।

उनको ट्वीटः हामीले संविधानमा लेख्यौँ, सबै दलले घोषणपत्रमा लेख्यौँ, भाषणहरूमा भन्यौँ, कक्षामा पढ्यौँ, अखबारमा लेख्यौँ,जातीय आधारमा कुनै विभेद हुनेछैन् । तर आजपनि जातीय विभेदकै कारण मर्न वाध्य भएका छन, मारिएका छन । यो हामी सबैका निम्ति लज्जाको विषय हो । अपराध र विभेदमा संलग्न जोसुकै होस् दण्डित गरौँ