अन्तर्राष्ट्रिय

बेलायतमा कोरोना मृत्युदर घट्दैः १५ जुनबाट अत्यावश्यक बाहेकका पसल पनि खुल्ने

१३ जेठ काठमाडौं । कोरोनाले ग्रसित बनेको बेलायतले केही राहत पाएको छ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमीत र मृत्युदर घटेको छ । जसका कारण त्यहाँको जनजिवन सामान्य बनाईने भएको छ । बेलायतमा १५ जुनबाट अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनमा छुट सम्बन्धी नयाँ निर्देशन दिँदै १५ जुनबाट खुद्रा पसलसमेत खोल्न सक्ने बताएका छन् ।

उनले दोकान सरसफाई गर्न तथा सामाजिक दूरी कायम राख्न आग्रह गरेको बीबीसीले जनाएको छ । उनले आउट डोर मार्केट र गाडीका शोरुम १ जुनबाट खुल्ने छन् ।

बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२१ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ३६ हजार ९१४ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।