राजनीति

नेता गुरुङको टिप्पणीः प्रधानमन्त्री ज्यु गरिबलाई उपदेश भन्दा राहत प्याकेज दिनुस्

१३ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले गरिबलाई उपदेश भन्दा राहत प्याकेज दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको कलात्मक भाषणले मात्रै गरीब मजदुरको भोको पेट नअघाउँने टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीकोे राष्ट्रका नाममा सम्बोधनमा गरीब जनतालाई उपदेशको प्याकेज भन्दा राहतको प्याकेज आउनै पर्नेमा त्यसो नभएको प्रति कटाक्ष गरेका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए जुन सम्बोधनमा जनताको आवस्यकताको बारेमा भन्दा पनि अरु नै कुरामा जोड दिईएको नेता गुरुङको ठाकुवा छ ।  

प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति टिप्पणी गर्दै नेता गुरुङले भोको पेटलाई के को ब्यायाम ? के को आराम भन्ने प्रश्न गरेका छन् ।

उनको ट्वीटः सम्माननीय @PM_Nepal  भोको पेटलाई के को ब्यायामरु के को आरामरु प्र.म.ज्युको सम्बोधनमा गरीब जनतालाई उपदेशको प्याकेज भन्दा राहतको प्याकेज आउनै पर्थ्यो । आएन । प्र.म.ज्युको कलात्मक भाषणले गरीब मजदुरको भोको पेट अघाउँदैन । प्र.म. ज्युको जय होस् ।