अन्तर्राष्ट्रिय

विश्वभर कोरोनाः झण्डै ५५ लाख संक्रमित, निधन ३ लाख ४७ हजार वढी (पछिल्लो अपडेट)

१३ जेठ काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या झण्डै ५५ लाख नजिक पुगेको छ । वल्र्ड मिटरको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ५५ लाख ८४ हजार २ सय ११ जना संक्रमीत भएका छन् । तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १७ लाख ६ हजार २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रुसमा ३ लाख ५३ हजार ४ सय २७, ब्राजिलमा ३ लाख ७६हजार ६ सय ६९, बेलायतमा २ लाख ६१ हजार १ सय ८४, स्पेनमा २ लाख ८२ हजार ८ सय ५२, इटालीमा २ लाख ३० हजार १ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर ३ लाख ४७ हजार ६ सय १३ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक एक लाख पुग्नै थालेको छ । त्यस्तै, बेलायतमा ३६ हजार ९ सय १४, ईटालीमा ३२ हजार ८ सय ७७, फ्रान्समा २८ हजार ४ सय ३२ को मृत्यु भइसकेको छ ।

विश्वभर २३ लाख ६२ हजार ८ सय १२ संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ४ लाख ६४ हजार ५ सय ३८, जर्मनीमा १ लाख ६१ हजार २ सय, स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना, ईटलीमा १ लखा ४१ हजार ९ सय ८१ संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमीतको संख्या १ लाख नाघेको छ । त्यहाँ १ लाख ४४ हजार ९ सय ५० जना संक्रमीत भएका छन् भने ४ हजार १ सय ७२ जनाको मृत्यु भएको छ । नेपालमा ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये ४ जनाको मृत्यु भइसकेको छ भने १ सय १२ जना संक्रमणमुक्त भएका छन् ।