राजनीति

संयोजक मिश्र आक्रोशितः भन्छन्, राज्यसँग पैसा, संयन्त्र सबै छ तर अझै‘हुनेछ, गर्नेछौँ ?

१२ जेठ, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले लकडाउनको २ महिना भएको राज्यसँग पैसा, संयन्त्र सबै छ तर अझै ‘हुनेछ, गर्नेछौँ’ मैँ अड्किएको छ अधिकांश कुरा भएको भन्दै आक्रोश पोखेका छन् ।

उनले सम्बोधन सकिने बित्तिकै प्रतिकृया दिँदै समाजमा लागेका सबै घाऊ पचाउन सक्ने क्षमता विकास गरिदिएका छन् प्रम ओली र उहाँजस्ता नेताले भन्दै सम्बोधनले जनताको आवश्यक्ता पुरा गर्न नसकेको संकेत गरेका छन् ।

संयोजक मिश्रले भनेका छन्, ‘कहिले कुटनीतिक मर्यादाहीन र कहिले आजजस्तै सारविहिन संवोधन सुन्न अभ्यस्त भइसक्यौँ हामी।’ उनले सभ्य भाषामा प्रधानमन्त्री ओलीलाई ट्वीटमार्फत प्रश्नै प्रश्न गरेका छन् ।

संयोजक मिश्रको प्रतिकृयाः लकडाउनको २ महिना भयो। राज्यसँग पैसा, संयन्त्र सबै छ तर अझै‘हुनेछ, गर्नेछौँ’ मैँ अड्किएको छ अधिकांश कुरा। समाजमा लागेका सबै घाऊ पचाउन सक्ने क्षमता विकास गरिदिएका छन् प्रम ओली र उहाँजस्ता नेताले। कहिले कुटनीतिक मर्यादाहीन र कहिले आजजस्तै सारविहिन संवोधन सुन्न अभ्यस्त भइसक्यौँ हामी।