पु.समाचार

देशभर झण्डै ६ लाख नेपालीको कोरोना भाईरस परीक्षण गरिने प्रधानमन्त्रीको दाबी

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालको पुरै जनसंख्याको २ प्रतिशतमा कोरोना भाईरसको परीक्षण गरिने बताएका छन् । आज साँझ गरेको प्रधानमन्त्रीको सम्बोधनमा उक्त कुरा बताएका छन् । तीन करोड पुग्न लागेकाले २ प्रतिशतका हिसाबले झण्डै ६ लाखलाई परीक्षण गरिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीले अवको बाटो त्यति सजिलो नभएको बताउँदै उक्त समस्या समाधानका लागि सरकारको समाधानका लागि सहज ढंगले अगाडी बढाउने ताएका छन् । प्रधानमन्त्रीले भारतबाट आएका नेपालीको बेलैमा परीक्षण गर्न नसक्दा कोरोना भित्रिएको दाबी गरेका छन्। उनले बिश्वको अवस्था नै कोरोना भाईरसको बिषयमा गम्भीर भएको जनाउँदै केही समय चुनौतीको सामना गर्नुपर्ने अवस्था आउने खुल्स्त गरेका छन् । उनले स्वास्थ्य मन्त्रालयले माहामारीको समयलाई मध्यनजर गर्दै नयाँ योजना ल्याउने दाबी समेत गरेका छन् ।

प्रधानमन्त्ती ओलीले सम्बोधनमा बाहिरबाट अँएका नेपालीलाई मनोवल घट्नेखाल्का कुनैपनि आरोप नलगाउन सबैलाई आग्रह समेत गरेका छन् ।