समाचार

आज साँझ प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

उनले आज साँझ ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले गरेको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । कोभिड–१९ लगायत मुलुकको समसामयिक विषयवस्तुमा उनको सम्बोधन हुनेछ । यसअघि प्रधानमन्त्री ओलीले कोभिड–१९ का रोकथाम र नियन्त्रणका सन्दर्भमा तीनपटक राष्ट्रका नाममा सम्बोधन गरिसकेका छन् । यसैगरी आज नै साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ ।