कृषि

बाँझिएका जग्गालाई उर्वर बनाउँन थाले जनप्रतिनिधि

काठमाडौँ, १२ जेठ । बागलुङको काठेखोला गाउँपालिकाका वडाअध्यक्षहरु कृषि पेशामा जोडिएका छन् । पछिल्लो समय उनीहरु समाजसेवा गर्दै व्यावसायिक कृषि तथा नगदेबाली लगाउन सम्लग्न भएकाहुन् ।

सदरमुकामको बसाइँ छोडेर गाउँ फर्केका कृषि कार्ममा लागेका हुन् । स्थानीय तहको निर्वाचनका समयमा सो गाउँपालिकाका वडामा उम्मेदवार बनेका अधिकांश सदरमुकाममा बस्थे । निर्वाचनमा विभिन्न दलबाट मत माग्दै गाउँघर चहारेका उनीहरुलाई विपक्षी दलले भने ‘भिजिटर’ उम्मेदवारको सङ्ज्ञा समेत दिएका थिए । तर, तिनै उम्मेदवारमध्ये अधिकांशले चुनाव पनि जिते । अहिले उनीहरुले कार्यभार सम्हालेको तीन वर्ष बित्यो ।

जनप्रतिनिधि चुनिएपछि उनीहरुले जनताको जीविकासँग जोडिएका काम के कति भए भनी खोज्ने हो भने केही वडाका काम प्रशंसनीय छन् । केहीले कनिकुथी सुधारको प्रयास थालेका छन् । कतिपय ठाउँमा खेतबारी मासेरै भए पनि सडक बनेका छन् । विद्यालयका भवन तथा खानेपानी तथा सिँचाइका काम सफलताको सूचीमा छन् । त्योबाहेक उनीहरु आफँैमा आएको परिवर्तन भने तारिफयोग्य छन् ।

विसं २०४६ देखि सो गाउँपालिका–५ बिहुँ कर्लिमबाट बागलुङ बजार झरेर व्यवसायमा लाग्नुभएका शिवप्रसाद कँडेल स्थानीय तहको निर्वाचनमा वडाका उम्मेदवार थिए। गाउँको जग्गा बाँझाएर बजारमा होटल व्यवसायमा लागाएका उनी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार थिए । चुनावी प्रचारमा विपक्षीले लगाएको तिखो वचनलाई गलत सावित गर्दै उनले गाउँघरको बाँझो जमिनमा खेती गर्न थालेका छन् । केही जमिनमा तरकारी र फलफूल लगाएका छ भने ३० रोपनीमा धान रोप्न उहाँले ब्याड राख्नुभएको छ ।

वि.सं २०६० मा बुबाआमा बजार झरेपछि बाँझो जग्गामा फैलिएको घाँस पन्छाउँदै गर्दा भेटिएका उनले भने, “४० मुरी धान फल्छ, खेती गर्न अहिले परिवारसहित गाउँमै छु ।” पछिल्लो समय उन बजारमा कम र गाउँमा धेरै समय बिताएका छने ।

बागलुङ बजारमा बसेर सामुदायिक वन र राजनीतिमा सक्रिय काठेखोला–७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने पनि त्यहाँका लागि उम्मेदवार थिए । लामो समय बजारमै बिताउनुभएका उनलाई पनि चुनावका बेला ‘टुरिस्ट’ उम्मेदवारको आरोप लाग्यो । उनले आफुलाई लागेको आरोपले पोलेरै कृषि कर्म थालेका छन् । नगदेबाली र फलफूल बालीबाट आम्दानी गर्न सकिन्छ भन्दै वडावासीलाई सिकाउने उनले दुई रोपनी बारीमा अलैँची खेती गरोका छन् ।

नमूनाका रुपमा किबीको खेती गरेर वडाका किसानलाई उत्साहित गर्ने पनि उनको योजना छ । उनको घरछेउमा अहिले किबीका बिरुवाले नयाँ पालुवा हाल्दैछन् ।

बागलुङ बजारको घरमा लामो समय बिताउनुभएका काठेखोला–६ बिहुँका अध्यक्ष युक्तप्रसाद कँडेल पनि उम्मेवार नै थिए । उनको गाउँमा घर र कृषिबाली त थियो तर अधिकांश बसाइ बजारमै । उनी अहिले बजारको घर बेचेर गाउँ फर्किएका छन् । बारीभरि सुन्तला बगान बनाएका उनले वडाको कामपछिको समय सुन्तला बगानमा बिताए ।

उनीहरुजस्ता काठेखोलाका अधिकांश जनप्रतिनिधि समय र राजनीतिले फेरो मारेपछि गाउँ फर्किएर बाँझो जमिनमा कृषि कर्म गरेर वडावासीलाई प्रेरित गर्ने ध्याउन्नमा छन् ।
गाउँमै सामाजिक परिचालकको काम गर्दै आउनुभएकी काठेखोला–८ लेखानीकी चित्रकला छन्त्यालले चुनावमा लड्ने हुटहुटीपछि खाइपाइ आएको जागिर छाडिन् । चुनाव जितिन् । केही समय वडा र घरको काममा समय बिताएकी उनले अहिले भने कृषि कर्म थालेकि छीन् । एक लाख २० हजार खर्चेर उनले घरअघि प्लाष्टिक टनेल बनाएकी छीन् ।

अब त्यही टनेलमा तरकारी फलाएर नमूना तरकारी फार्म बनाउने उनको धोको छ । “वडाध्यक्षको तरकारीखेतीले धेरैलाई सिकाउँछ”, काठेखोला–८ कि अगुवा किसान लालकुमारी पुनले भनेकिछीन्, “काम त सबैका हुन्छन् तर कृषिलाई भुल्न भएन नि १” तत्काल उद्योग र व्यवसायको सम्भावना नरहेकाले गाउँमा आयआर्जनसँग जोडिने माध्यम कृषि भएको वडाध्यक्ष बताउँछन् । “हामी किसान नै हो, काम गर्नुपर्छ, फुर्सद त कहाँ छ र १”, उनले भनेकिछीन्।
–––