विचार/ब्लग

आध्यात्मिक मानिसलाई जस्तोसुकै ठूलो रोगले पनि बिगार्न सक्दैन

यसोदा कार्की/विश्वमा एक किसिमको सन्नाटा छाएको यो बेला प्राय मनिसहरुमा दिन कसरी कटाउने भन्ने बिषयले दिमागमा डेरा जमाउदै गहिरहेको छ । एकातिर कोविड–१९ बाट आफु कसरी बच्ने भन्ने छ भने अर्का तिर घरको गुजारा कसरी चलाऊने भन्ने समस्याले गाँज्दै गहिरहेको छ । आजको यो अत्यन्त प्रतिस्पर्धी र बदलीदो परिवेसमा मानिसलाई कसैले रोक्न सक्ने अवस्था भने थिएन तर एक किसिमको सन्त्रासले यसरी रोकेको छ कि जुन हामी कल्पनासम्म गर्न सक्दैनौ।

हिजो सम्म हामीलाई ब्यस्तताले यती गाजेको हुन्थ्यो कि आफ्नै आमालाई हस्पिटल लान पनि भोली भन्ने अवस्थामा थियौं । तर एक्कासी मानिसलाई बिश्राम दिनका लागि झैं गरी कोभिड–१९ हामी माझ आयो जसले परिवारका प्रौढ आमा बुवाहरुको ओठमा केही समय हाँसो ल्याएको छ । युवाहरु बेरोजगार बन्दै गहिरहेको अवस्था भने नकार्न सकिन्न । यस्तो अव्स्थामा चाहेर या नचाहेर पनि मनसिक तनाब बडनु स्वाभाबिक नै हो । अहिलेको अवस्थामा यसरी आफैंं या अन्य कुनै माध्यमबाट श्रृजित तनाबलाई ब्यवस्थापना गर्ने बिभिन्न माध्यमहरुको सबै भन्दा बढी युटुब च्यानलहरुमा खोजी भएको रिसर्चमा पाईन्छ । एकान्तबास अनि मानसिक तनाब यि यावत अवस्थाबाट अन्तत मनिसले आनन्दको अनुभूत गर्ने बाटो भनेको प्रेम अनि अध्यात्म नै हो जस्तो मलाई लाग्छ । तर वास्तब्मा प्रेम र अध्यात्म खोजी गर्दैमा पाइने बिषय भने हैन । यो त एउटा त्याग, तपस्या अनि बलिदानबाट प्राप्त हुने अनुभूत मात्र हो । तर पनि हामी मनिसले आनन्द कै खातिर जोखिम बहन गर्न तयार हुन्छौ भन्ने चै सत्य हो ।

हाम्रो पुस्ता हरेक कुराको वैज्ञानिक अर्थ खोज्छौं। हामीले जबसम्म कुनैपनि कुरामा वैज्ञानिक तथ्य भेट्दैनौ त्यसलाई ढोंग, आडम्बर, अन्धविश्वास जस्तो मान्छौ । अध्यात्मबारेको भनाई र बुझाईले पनि हामीमा यस्तै दुबिधा पैदा गरिदिएको छ । अध्यात्म भन्नसाथ धर्मसँग जोडेर व्याख्या गरिन्छ । किनभने अध्यात्म भनेको मन्दिर धाउनु, पूजापाठ गर्नु, ब्रत बस्नुलाई नै हामी अध्यात्म भनेर बुझ्छौं । मलाई लाग्छ हाम्रो पुस्ताले बुझेको धार्मिक विधि–विधान आत्मसात गर्ने, पहेलो बस्त्र लगाउने, अनि दुई तीनवटा माला लगाउनेलाई नै हामी ‘आध्यत्मिक’ भन्ने गर्छौं । हामी आफुलाई एकदमै पढेका, शिक्षित ठान्छौ अनि गर्बका साथ भन्छौं ‘म त्यती अध्यात्मिक पनि होइन’ । तर आजको यस् घडीमा यि सारा सोच बिगतमा म यस्तो भन्थे भन्ने अवस्थामा हामी पुग्दै गहिरहेको छौंं । किनकी हामी हरेक बिहानी बिउँझिदा अरु सबै कुरा रातमा बिसाउन सफल भए पनि डर त्रासलाई भने बिसाउन सक्ने अवस्थामा छैनौं र बिहानी नै भगवानसँग आफ्नो बिन्ती बिसाउनका लागि तयार हुन्छौंं ।

त्यसैले अध्यात्मलाई जुन सुकै तरिकाले बुझे पनि डर, भयलाई हटाउनका लागि पनि तात्कालिन पारिबेशमा मानिसले अध्यात्मिक यात्रा तय गरेको जस्तो मलाई लाग्छ । खैर जे भएपनि अध्यत्मले मानिसलाई अनुशासित बनाउने चैं पक्का हो । आज सम्म हामीले धेरैको अध्ययन गर्दा, धेरैलाई चिनौं सन्नी लिओन देखी स्वामी आनन्द अरुण सम्म तर हामीले आफुले आफुलाई कहिले चिनेनौं किन त भन्दा आफैंलाई अध्ययन गर्ने र चिन्ने चेष्टा नगरेरै हो । अध्यात्मले आत्माको अध्ययन गर्ने भएकाले स्वयम्लाई आफ्नो कुसलताको बारेमा ज्ञान हुन्छ र अरु जस्तो बन्न खोज्ने जुन मानसिकता छ त्यस्मा बिस्तारै परिवर्तन ल्याउँँदछ त्यसैले त यो यात्राामा आनन्दको अनुभुत हुन्छ । किनकी ९० प्रतिसत दु्रःखको श्रीजना भनेकै अरु जस्तो हुन खोज्नु हो । आफुले आफैंलाई स्विकार गर्न नसक्नु नै हो । अझ गहिरिने हो भने अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । भनिन्छ यस चेतन तत्वको सिधा सम्बन्ध परमात्मासँग हुन्छ । आत्मालाई परमात्माको अंश नै मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, सृस्टिीमा यसको भूमिका, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्माको मन्थन गर्नु नै आध्यात्मिक यात्राा तय गर्नु हो ।

साँच्चिकै म हो चै को ? सामान्यतः यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ । शरीर त म होइन । हात, खुट्टा, आाखा, टाउको, मुटु, मिर्गौला, फोक्सो यानिकी मसँग भएका अङगहरु पनि ‘म’ होइन । म को हो त ? यही खोजले अध्यात्मको यात्राामा मानिसलाई डोहोर्याउँछ ।

स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । सत्य हो, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन । त्यसैले त हामी चाहेर या नचाएर स्वास्थ्य कै लागि भएनि अध्यत्मिक यात्रा तय गर्नु पर्ने बाध्यतामा पुग्दैछौं त्यस हिसाबमा भने कोभिड–१९ ले हामीलाई सहज गराएको छ ।